१६ चैत्र २०८०, शुक्रबार
Follow Us

व्यवसायी खड्का एनआरएनए युकेको उपाध्यक्षमा उम्मेदवार बन्ने

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार १७:०१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको उपाध्यक्ष पदमा सुनिल खड्काले उम्मेदवारी दिने भएका छन् । हाल ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको सदस्य रहेका उनी बेलायतस्थित एक सफल युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय उनी अब गैरआवासीय नेपाली संघ मार्फत समाजमा थप केही गरौं भन्ने भावना बोकेर उपाध्यक्षमा उम्मेदवार निर्णयमा पुगेको बताउँछन् ।
उनले आफ्नो सकृयता र भावनाको नेपालस्थित नेपाली समाजले न्यायोचित निर्णय दिनेमा ढुक्क रहेको नेपाल ब्रिटेन डटकमसँगको कुराकानीका क्रममा बताए ।
उनले आफूले जिम्मेवारी पाए संघको नेतृत्वले ल्याएको निती तथा कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्न सकृय रहने पनि बताए ।

परोपकारी काममा समेत सक्रिय खड्काले हालै नेपालका विभिन्न क्षेत्रमा करिब ८ लाख रुपैयाँ सहयोग गरेका थिए । खड्काले मानव सेवा आश्रमलाई ३ लाख ५० हजार, शिव कल्चर सेन्टरलाई १ हजार १ पौण्ड, आँखा दान केन्द्र चितवनलाई १ लाख ११ हजार १ सय १ र स्थानीय स्कुललाई १ हजार पौण्ड सहयोग गरेका छन् ।

उनले नेपालमा आफ्नै व्यक्तिगत पहलमा नियमित रुपमा विभिन्न च्यारिटेबल कार्यहरु समेत गर्दै आएका छन् ।

बेलायतमा झण्डै १ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न उनले बेलायतमै प्रपोर्टी क्षेत्रमा पनि लगानी गरेका छन् । यस्तै नेपालमा हस्पिटालीटी, हाइड्रो, रियलस्टेट क्षेत्रमा उनको लगानी छ ।

गैरआवासीय नेपाली संघ युकेको सल्लाहकार र परोपकार समितिको सदस्य सचिव उनी आफूलाई मतदाताले विश्वास गर्नेमा ढुक्क रहेको बताउँछन् ।
एनआरएन यूकेको अधिवेशन आगामी सेप्टेम्वर महिनामा हुँदैछ ।