७ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ सङ्गीतकार राईको निधन

sarusaru
१७ असार २०७६, मंगलवार ०१:४६

कैलाली । सुदूरपश्चिम प्रदेशको साङ्गीतिक क्षेत्रका धरोहर कुलदीप राईको आइतबार भारतको दार्जिलिङमा ६० वर्षको उमेरमा निधन भएको छ।

उनले अढाई दशकसम्म धनगढीमा बसेर सङ्गीत प्रशिक्षण दिनु भई थुप्रै सङ्गीतकर्मी र कलाकार जन्माएका थिए। धनगढीको ऐश्वर्य विद्या निकेतन, एरिष्टो बोर्डिङ स्कुल, मालिका स्कुल, पियङ्का स्कुल, दी गर्डनगर स्कुललगायतमा सङ्गीत प्रशिक्षकका रुपमा समेत उनले काम गरेका थिए।

आधुनिक सङ्गीतका सर्जक राईको निधनको खबरले आफू मर्माहित भएको उनीसँगै काम गरेका गायक कृष्ण पाण्डेले बताए। ku

उनले सुदूरपश्चिम प्रदेशको पहिलो आधुनिक सङ्गीतको गीति एल्बम ‘यात्रा’मा सङ्गीत भरेको पाण्डेले बताए। ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्वसङ्गीत शिक्षक रहेका राईको निधनको शोकमा मङ्गलबार उक्त विद्यालयमा बिदा दिइएको विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले बताए।

सुदूरपश्चिममा हुने स्थानीयदेखि राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा स्व राईको नेतृत्वदायी भूमिका रहने गरेको उनका प्रशंसक टिआर बिनाडीले बताए।

मधुमेह रोगबाट पीडित राई धनगढी छोडेर दुई वर्षअघि मात्र आफ्नो जन्मथलो दार्जिलिङमा बस्दै आएका थिए।
डिसी नेपाल