१२ बैशाख २०८१, बुधबार
Follow Us

भुटानमा कमल थापाले पहिलो खेल जिते

नेपालब्रिटेन डट कम्
१७ असार २०७६, मंगलवार १४:३५

भुटानको थिम्पुमा आजदेखि ५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ। मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५+समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्। नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५+ सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।
आज मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई (७-५,७-६) र एवन लिसानेविचले भुटान कै जिग्मे नोर्बु लाई (६-०,६-२) मा पराजित गरे।
लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई (६-०,६-०) मा पराजित गरिन्