१५ बैशाख २०८१, शनिबार
Follow Us

जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

नेपालब्रिटेन डट कम्
१७ असार २०७६, मंगलवार १४:३६

जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त ललितपुर नखिपोट बस्ने पाँचथर फालेलुङ गाउँपालिका घर भएका २५ वर्षीय कुल बहादुर लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर भैंसेपाटी बस्ने कैलालीकी १८ वर्षीया किशोरीलाई २०७५ चैत १२ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।