२२ बैशाख २०८१, शनिबार
Follow Us

फर्निचरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

sarusaru
१८ असार २०७६, बुधबार ०१:४८

मोरङ । बिराटनगरमा एक फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ।

महानगरपालिका १२ स्थित बाबुराम शर्माको शक्तिमाता फर्निचरमा मंगलबार दिउँसो आगलागी हुँदा सोही काठमिलमा रहेको कमलेश्वर साहको टेलर, टेलरमा रहेको फर्निचर, काठपात र लत्ताकपडा समेत जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल