६ बैशाख २०८१, बिहीबार
Follow Us

१२ विषयमा नम्बर थपेर ३ डिग्री

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार ०३:०४

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् ।

त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो । अर्थशास्त्रका ६, समाजशास्त्र र ग्रामीण विकासका ३/३ विषयमा नम्बर थपिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । राजनीतिकशास्त्र स्नातकोत्तरको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको उनले बताए । शिक्षा र कानुन संकायमा त्रिविबाटै उनले स्नातक गरेका थिए । ती विषयका सम्बन्धमा समेत छानबिन गरिएको थियो । शिक्षा र कानुन विषयको प्रमाणपत्रमा कुनै त्रुटि नभेटिएको पनिकाले जनाएको छ । कान्तिपुरमा खब छ ।