८ बैशाख २०८१, शनिबार
Follow Us

३८ किलो सुन तस्करी : न्यायाधीश सिंहलाई बर्खास्त सिफारिस

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार ०३:१३

काठमाडौँ – न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषद् बैठकले सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा खुलेको ३८ किलो सुन तस्करीका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएकामा सिंहलाई दोषी ठहर्‍याएको हो ।

परिषद्ले उक्त प्रकरणको सुनुवाइका क्रममा सिंहले पदीय आचरणविपरीत आदेश दिएको निष्कर्ष निकाल्दै बर्खास्त गर्न सिफारिस गरेको स्रोतले जनाएको छ ।

‘परिषद्ले अवैध रूपमा चोरी–निकासी, कर्तव्य ज्यान तथा शरीर बन्धक मुद्दामा सिंहले पदीय आचरणको गम्भीर उल्लंघन गरेको र बदनियतपूर्वक काम गरेको देखिएकाले उनलाई बर्खास्त गर्न सिफारिस गरेको हो,’ स्रोतले भन्यो । प्रधानन्यायाधीशले परिषदको सिफारिसका आधारमा सिंहलाई बर्खास्त गर्नेछन् ।कान्तिपुरमा खबर छ ।