१५ चैत्र २०८०, बिहीबार
Follow Us

जापान र सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली, बेलायत छैठौमा

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार ०८:१७

एजेन्सी – विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष तीन स्थानमा एशियाली देश परेका छन् । सन् २०१९ आधाउधी सकिएको अवस्थामा विश्वभरीका पासपोर्टको मूल्याकंनका आधारमा प्रकाशित सूचीमा जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा बढी भ्रमणमैत्री पाइएको हो । अर्को एशियाली देश दक्षिण कोरिया दोस्रो स्थानमा छ । कोरिया पहिलो स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको हो ।

यो मूल्याकंन हेन्ले पासपोर्ट सूचकले प्रकाशित गरेको हो । सूची हेन्ले एण्ड पार्टनर भन्ने संस्थाले प्रकाशित गर्छ । उसले विश्वका प्रत्येक देशका पासपोर्टबाट कति धेरै स्थान भ्रमण गर्न सकिन्छ भन्ने मापन गरेर सूची सार्वजनिक गर्ने गर्छ ।

सिंगापुर र जापानको पासपोर्ट त्यस मापनमा सबैभन्दा माथि देखिएका हुन् । यी दुई देशका पासपोर्ट वाहकले बिना रोकतोक १८९ देश प्रवेश पाउँछन् । यी तीन मुलुकबाहेक शीर्ष स्थानमा रहेका अधिकाशं मुलुक युरोपका छन् ।

दक्षिण कोरिया, फिनल्याण्ड र जर्मनीसँगै दोस्रो स्थानमा छ । ती देशका नागरिकले १८७ राष्ट्र टेकेपछि मात्र भिसा लगाउने सुविधा प्राप्त छ ।

विगतमा पाकिस्तानको अत्यन्त नियन्त्रित भिषा नीतिमा परिवर्तन हुँदा फिनल्याण्ड लावान्वित भएको छ ।

पाकिस्तानले अहिले ५० देशका नागरिकलाई विद्युतीय भ्रमण अनुमति दिन्छ । त्यसमा फिनल्याण्ड, जापान, माल्टा, स्पेन, स्वीजरल्याण्ड र युएई छन् । तर उलेखनीय पक्ष सो सुविधा अमेरिका र बेलायतलाई प्रदान गरिएको छैन ।

तेस्रो स्थानमा डेनमार्क, इटाली र लक्जमवर्ग छन् । ती राष्ट्र १८६ देशमा अन–अराइभल भिसा (देश पुगेपछि भिसा पाउने सुविधा) पाउँछन् ।

पाँच वर्षअघि अमेरिका र बेलायत यस वर्गीकरणमा शीर्ष स्थानमा थिए, अहिले ती झरेर छैटौं स्थानमा आइपुगेका छन् ।

यस वर्गीकरणमा संयुक्त अरब एमिरेट (युएई)ले उलेखनीय प्रगति गरेको छ । पाँच वर्षभित्रै युएईले ‘भिसा फ्रि’ प्रवेश पाउने देशको संख्या दोब्बर बनाएको छ । यही प्रगतिको आधारमा सुचकांक प्रकाशित हुन थालेको १४ वर्षमै युएई शिर्ष २० स्थानमा प्रवेश गरेको छ ।

तर अर्कोतर्फ अफगानिस्तान फेरि सूचीको पिँधमा रहेको छ । त्यहाँका पार्सपोर्टधारी नागरिकले २५ देशमा मात्र भिसा नलिई भ्रमण गर्न पाउँछन् ।
पासपोर्ट सूचकाकंको अवधारणाको परिकल्पना गर्ने हेन्लेका अध्यक्ष डा. क्रिश्चियन काएलिनले वर्गीकरण सार्वजनिक गर्दै भने ,‘केही थोरै अपवाद छाड्ने हो भने पछिल्लो सूचीबाट विश्वभरका देशले भिसा खुल्लापनलाई आर्थिक र समाजिक प्रगतिसँग जोडेर हेर्न थालेको बताएका छन् ।’

सबैभन्दा उत्कृष्ट पासपोर्ट भएका देशहरुः

१.जापान, सिंगापुर (१८९ गन्तव्य)
२.फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८६)
३.डेनमार्क, इटाली, लक्जर्मवर्ग (१८६)
४.फ्रान्स, स्पेन, स्वीडेन (१८५)
५.अष्ट्रिया, नेदरल्याण्ड, पोर्चुगल, स्वीजरल्याण्ड (१८४)
६.बेल्जियम, क्यानडा, ग्रिस, आयरल्याण्ड, नर्वे, बेलायत, अमेरिका (१८३)
७.माल्टा (१८२)
८.चेक गणतन्त्र (१८१)
९.अष्ट्रेलिया, आइसल्याण्ड, लुथानिया, न्यू जील्याण्ड (१८०)
१०.लात्भिया, स्लोभाकिया, स्लोभानिया (१७९)
विश्वको सबैभन्दा खराब पासपोर्ट भएका देश
निम्न राष्ट्रका पासपोर्ट वाहकले ४० देशभन्दा कम देशमा मात्र भिसा नलिई प्रवेश पाउछन् । वर्गिकरणमा यी देशको स्थान सुचिको १०० स्थानभन्दा माथि छन् ,
१०१.बंग्लादेश, इरिट्रिया, इरान, लेबनान, उत्तर कोरिया (३९ गन्तव्य)
१०२.नेपाल (३८)
१०३.लिविया, प्यालेप्टाइन भूभाग, सुडान(३७)
१०४.यमन(३३)
१०५.सोमालिया(३१)
१०६.पाकिस्तान(३०)
१०७.सिरिया(२९)
१०८.इराक(२७)
१०९.अफगानिस्तान(२५)

विभिन्न संस्थाले विश्वभरीका देशका पासपोर्टको वर्गिकरण सुचि प्रकाशित गर्ने गर्छन् । हेन्ली एण्ड पार्टनर्सको सुचि त्यसमध्य मध्य एउटा हो ।

यसबाहेक चर्चित पासपोर्ट वर्गीकरण सूची आरटन क्यापिटलको पासपोर्ट सुचकांकलाई मानिन्छ ।