१२ बैशाख २०८१, बुधबार
Follow Us

‘आईफा अवार्ड नेपालमा गर्नेबारे सरकारले राम्रो तयारी गरेको थिएन’

sarusaru
१८ असार २०७६, बुधबार १३:०७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री एनपी साउदले भारतको फिल्मसम्बन्धी आईफा अवार्डबारे सुरुवातदेखि नै राम्रो छलफल तथा तयारी नगर्दा आज यो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे।

उनले भने, ‘भारतीय पक्षले यदि यस्तो आग्रह गरेको भए नेपालले त्यसको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र सहजीकरण गर्नुपर्ने थियो। यसमा हामीले अन्यथा लिनुपर्ने कारण हुन सक्दैन थियो।’ नेपालको पर्यटन प्रर्वद्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उनको धारणा छ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आईफा अवार्ड नेपालमा गर्ने बारेको सम्भाव्यता अध्ययनमा नेपाल सरकार हदैसम्मको गैरजिम्मेवार देखिएको पनि सुनाए। उनले भने, ‘नेपालले आर्थिक व्ययभार बोकेर अवार्ड कार्यक्रम गर्नु उपयुक्त थिएन र छैन।’
डिसी नेपाल