१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महन्त बैकुण्ठ दासलाई १२ वर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार १५:००

जनकपुर । जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई अदालतले १२ वर्ष जेल सजाय सुनाएको छ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दामा बुधवार उच्च अदालत जनकपुरले १२ वर्षको सजाय सुनाएको हो।

मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।
जनकपुरधाम वडा नम्बर ८ स्थित निजि निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो।
उच्च अदालत जनकपुरले घटनाका योजनाकार महन्त दास रहेको ठहर गर्दै सजाय सुनाएको अधिवक्ता विमल मिश्रले जानकारी दिए।