१२ बैशाख २०८१, बुधबार
Follow Us

सामाजिक स्वयमसेवक नेपालद्वारा साउदी जेलमा रहेका चौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार १६:४९

काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेकाचितवन खैरहनीनगरपालिका–१० गुठौलीकाजलेश्वर चौधरीलाई रिहाई गर्नको लागिसामाजिक स्वयंमसेवक नेपालमिसनचितवन र मिसनझापाको नेतृत्वमा संकलित३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।
संस्थाद्वारा संकलनगरिएको उक्त‘ब्लड–मनी’साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाकाउपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेकाहुन ।
गाडी चलाउने क्रममा साउदीनागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखिजेलमा रहेकाचौधरीको रिहाईको पहलगर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाखपचास हजार सहयोग गर्ने प्रतिवद्वताआएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनिलामिछाने जानकारी दिए ।
लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामाविदेशिएका नेपालीनागरिकहरुलाई परेको अप्ठ्यारोमाआफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।
बैदेशिक रोजगारीको नाममा ठगिएका तथाअलपत्रमा परेकाहरुको उद्वारकै निम्तिआफु इन्डोनेसियाको बालीसम्मपुगेकोे पनिउनले स्पष्ट पारे । उनले भने,‘योभन्दापहिलापनि राष्ट्र परिवर्तनको लागियुवाअभियानहरु संचालनगर्दै भ्रष्ट्राचार,विकृतितथाविसंगतिकाविरुद्वअभियानचलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोकमुलककार्यहरु गर्दे आएको उनको भनाई छ ।
लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलनतथाविपन्न परिवारकाविद्यार्थीहरुलाई निःशुल्कशिक्षाको लागि सहयोग गर्न पाउँदाआफुमाखुशि र थपहौसलाप्रदानभएको बताए ।
‘अहिले ब्लड मनिको सिकार बनेकाचौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमापुगेकाहुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमतीजनाउँदापनि राजनैतिकतवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाएपनि सहयोगीहातहरुले आज एक जना नेपालीको ज्यानबचाउने अभियानमालागेकाहौ ।’
केहीसमय पहिले बारा र पर्सामागएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पु¥याएको उनको भनाई छ ।साथै, उनले कुनैपनिप्रकारका बिरामीहरुलाई रगतको अभावभएमाआफ्नो संस्थासंग सम्पर्क गर्नपनिआह्वान गरे ।