१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नक्कली प्रहरी बनी ठगि गर्ने २ युवक प्रक्राउ

sarusaru
१९ असार २०७६, बिहीबार ०२:२४

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रहरी बनि ठगि गर्ने २ युवालाई पक्राउ गरेको छ । गत असार १६ र १७ गते बागलुङ नगरपालिका वडा नम्बर ६ धारापानीमा सडकमा आवतजावत गर्ने यातायातका साधानहरु रोकी चेकजाँच गर्ने र आवश्यक कागजात नपुग भन्दै पैसा असुल गर्ने ताराखोला गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अम्मर खत्री र बागलुङ नगरपालिका ३ का २१ वर्षीय रुपेश रुचाललाई प्रहरीले पक्राउ गरेका हो ।

उनीहरुलाई सिभिल पोसाकमा बसी गाडी चेकजाँच गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बागलुङका नायव उपरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी गराए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग विवाद र हातपात समेत भएको भट्टराईले बताए । प्रहरीले उनीहरुलाई स्थानीयको सुराकीको आधारमा प्रक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक हित विरुद्ध मुद्धा दर्ता गरिएको छ ।
जनमञ्च