१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो 

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०३:०१

कञ्चनपुर – भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ ।

भारत पस्दा १८ वर्षका थिए । त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरूको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । रेलवे स्टेसन र बसपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्ने इलियास नामका व्यक्तिले उनको यो अवस्था बनाएका हुन् । इलियासले नै उनको कमाइ खान्छन् । ‘मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो,’ न्याय माग्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका सुरेन्द्रले भने, ‘मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो ।’ कान्तिपुरमा खबर छ ।