७ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकसेवा विज्ञापनमा ४,४१,१४१ आवेदन

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०३:०४

काठमाडौँ — लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पदभन्दा ४८ गुणा बढी दरखास्त परेको हो ।

ती आवेदकबाट १४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० आदिवासी जनजाति, २४ हजार ९० मधेसी, ३ हजार ९१ दलित, १ सय ४६ अपांगता भएका व्यक्ति र १ सय १६ जना पिछडिएका क्षेत्रका व्यक्ति छन् । कान्तिपुरमा खबर छ ।