७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिबियामा भएको बम आक्रमणमा एक् नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०६:०८

काठमाडौं– लिबियामा गत मंगलबार भएको बम आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बम आक्रमण हुँदा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले श्रेष्ठको मृत्यु भएकोबारे अन्तर्राष्ट्रिय आप्रवासी संगठनले पुष्टि गरेको भन्दै आफूहरुले यसबारे थप बुझ्ने प्रयास गरिरहेको जनाएको छ । सो आक्रमणमा अरु विदेशी नागरिकको पनि मृत्यु भएको जनाइएको छ ।

दुई दिनअघिमात्रै आप्रवासी संगठनले उनलाई नेपाल फिर्ता गराउन दूतावाससँग ट्राभल डकुमेन्ट माग गरेकोमा आफूहरुले कुरियर गरेर आवश्यक डकुमेन्ट पठाइदिएको भएपनि दुर्भाग्यबस उनको आक्रमणमा मृत्यु हुन पुगेको दूतावासले जनाएको छ ।