११ बैशाख २०८१, मंगलवार
Follow Us

भारतमा टिकटक विवादमा

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०६:०९

पछिल्लो केही समयदेखि भारतमा टिकटक एक पछि अर्को गर्दै विवादमा परिरहेका छ । विवादबीच अप्रिलमा केही समयको लागि यो एप प्रतिबन्धित पनि भयो ।
अहिले आएर सो एप भारतमा पुनः चर्चामा छ । यस पटक भने यो विवादका कारण नभएर प्रशंसाको हिसाबमा चर्चामा छ ।
समाचार अनुसार पछिल्लो समय टिकटकले प्रहरीलाई एउटा मुद्दा सल्टाउन सघाएको छ । सन् २०१६ मा भारतको दक्षिणी राज्य निवासी जयप्रदाले प्रहरीकहाँ उनको श्रीमान हराएको सूचना दर्ता गराएकी थिइन् ।
प्रहरीले तीन वर्षसम्म सुरेश नाम गरेका उनका श्रीमान कहाँ छन् भन्नेबारेमा कुनै संकेत फेला पार्न सकेन । घटनामा उलेख्य प्रगति नभएपछि प्रहरीले पनि त्यति चासो दिन छाडेको यो घटनामा टिकटकको एउटा भिडियाले एक्कासी यू–टर्न आयो ।
टिकटक भिडियो हेर्ने क्रममा जयप्रदाको एक जना नातेदारले एउटा यस्तो भिडियो हेर्न पुगे जसमा नाचिरहेका पुरुष सुरेशजस्तै देखिन्थे । शंकाकै आधारमा ती नातेदारले भिडियो जयाप्रदालाई देखाए ।
भिडियो हेरेपछि त्यसमा देखिएको पुरुष आफ्नै श्रीमान भएको जयाप्रदाले पुष्टि गरिन् ।