१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा पुलिसको छोराद्वारा १४ वर्षीया नेपाली किशोरी बलात्कृत

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०७:३३

काठमाडौं– भारतीय प्रहरी अधिकारीका छोराबाट दिल्लीमा एक नेपाली किशोरी बलात्कारको शिकार बनेकी छिन् । डोटीको साविकको साहिल गाविस घर भइ हाल दिल्लीमा प्रहरीमा कार्यरत (सहायक निरीक्षक) दलवीर सिंहका छोरा पंकज सिंहले किशोरीमाथि बलात्कार गरेका छन् । किशोरी सिंहको घरमा कार्यरत थिइन् ।
दुई छोराछोरीका बुबा समेत रहेका पंकजले असार १५ गते किशोरीलाई बलात्कार गरेको खुल्न आएको माइती इन्डियाले जनाएको छ ।

उनी बलात्कृत भएको सूचनाको आधारमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टोलीले मेहरौली थानामा पुगी उजुरी दर्ता गराएका थिए । त्यसपछि किशोरीको मेडिकल जाँच गर्दा बलात्कार गरेको प्रमाणित भएको माइती इन्डियाकी सीता अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल पक्राउ परेका पंकजविरुद्ध अदालतमा पहिलो चरणको बयान भइसकेको जनाइएको छ ।
यस्तै आवश्यक अन्य कारवाही तथा पिडितको न्यायको लागि भारतमा क्रियासिल समाजसेवी बालकृष्ण पाण्डेको सक्रियता जनाएका छन् । यस्तै उनले पीडितको शिक्षा तथा शिपमूलक तालिमको खर्च जिम्मा पनि पाण्डेले लिएका छन् ।