१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुरु दलाई लामाद्धारा क्षमा याचना

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०७:३५

काठमाण्डौं । धार्मिक गुरु दलाई लामाले महिलाबारे गरेको टिप्पणीको लागि माफी मागेका छन् ।
उनको कार्यालयले एउटा वक्तव्य जारी गर्दै दलाई लामाले महिलालाई वस्तुको रुपमा प्रस्तुत गर्ने कुराको सधैं विरोध गर्ने गरेको स्पष्टीकरण दिएको छ ।
बीबीसीसँगको एउटा अन्तरक्रियाको क्रममा उनलाई भावी दलाई लामा महिला हुन सक्छिन् कि सक्दिनन् भनेर सोधिएको थियो । त्यसमा उनले महिला दलाई लामा हुनसक्ने तर उनी आकर्षक हुनुपर्ने बताएका थिए ।
‘दलाई लामा’ तिब्बतको आध्यात्मिक नेताको पद हो ।
दलाई लामाको कार्यालयले जारी गरेको वक्तव्यमा आधात्मिक नेताको उद्देश्य कसैलाई चोट पुर्याउने नभएको भनिएको छ । लामाको भनाइले चोट पुगेकाप्रति वक्तव्यमा माफी मागिएको छ ।