१३ बैशाख २०८१, बिहीबार
Follow Us

फुयालले खोले हिमालय ट्रेडिङ वेयरहाउस

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७३, सोमबार ०८:०५

लन्डन । नेपाली ब्यवसायी राजन फुयालले आफ्नो व्यवसायलाई विस्तार गर्दै नयाँ वेयरहाउस खोलेका छन् । लक्ष्मी पूजाको अवसर पारेर फुयालको नयाँ वेयरहाउस सान्टएल्भन्स्मा संचालनमा आएको हो । हिमालय ट्रेडिङ लिमिटेडले वेलायतको विभिन्न सुपरस्टोरमा पन्जा सप्लाई गर्दै आएको छ ।

गैरआवासीय नेपाली सँघका यूरोप संयोजक कुल आचार्यले आइतवार सान्टएल्भन्स् मा आयोजित एक कार्यक्रमका बीच सो सो कम्पनीको उद्धघाटन गरे । कार्यक्रममा बोल्दै आचार्यले विदेशका बस्ने नेपालीहरुले दिनप्रतिदिन प्रगती गरेको चर्चा गर्दै बेलायतमा नेपाली ब्यवसायको भविष्य उज्जव रहेको बताए । कम्पनीका निर्दैशक राजन फुयालले आफ्नो कम्पनीले सन् २०१० देखी बेलायतकी बजारमा होलसेलको रुपमा ब्यापार गर्दै आएको जनाकारी दिए ।

कम्पनीले करिब वार्षिक २ मिलियन पाउण्डको कारोवार गर्ने लक्ष लिएको छ । कार्यक्रममा कृष्ण भट्ट, सुर्दशन रुवाली, पण्डित गोविन्द गौतम, गौरव बराल, नवराज चौलागाई, मनोज ओझा लगायतको उपस्थिती थियो । 1