१२ बैशाख २०८१, बुधबार
Follow Us

बिष्णु खरेल एनआरएन युकेको उपाध्यक्ष पदमा उम्मेदवार हुने

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार १६:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचनमा बेलायतस्थित एक व्यापारीले उम्मेदवारी दिने भएका छन् ।

संघको सेप्टेम्वर दोस्रो साता हुने निर्वाचनमा युवा व्यवसायी तथा समाजसेवी बिष्णु खरेलले उमेद्वारी दिने भएका हुन्।

करिब दुई दशक अगाडी बेलायत अएका खरेल परोपकारी काममा निकै सक्रिय छन् । आफुले केहि लिनुभन्दा पनि नेपाली समाजलाई केहि दिनसक्छु भनेर एनआरएनए अभियानमा हेमिएको खरेलले बताए ।

नेपालका भुकम्प पिडीतहरुलाई करिब ५ लाख रुपैयाँ सहयोग गरेका खरेल लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय छन् ।

उनी अब गैरआवासीय नेपाली संघ मार्फत समाजमा थप केही गरौं भन्ने भावना बोकेर उपाध्यक्षमा उम्मेदवार निर्णयमा पुगेको बताए ।
बेलायतमा रेष्टुरेन्ट व्यवसायमा सकृय उनको नेपालमा रियलस्टेड, सिनेमा, हाइड्रो लगायतको क्षेत्रमा लगानी रहेको छ ।