१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार १६:४२

काठमाडौँ–महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेकाले वैशाखमा भक्तपुर सूर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट रु ३० हजार नेपाली, लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको मासु पसलबाट ७० हजार र बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राइजिङ स्पोर्टसबाट रु एक लाख ५० हजार चोरी गरेका थिए ।

दुवै जनालाई वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी रु ५०÷५० हजार धरौटीमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।