१५ बैशाख २०८१, शनिबार
Follow Us

म्याग्दी नदीले बगाउँदा दुई बालक बेपत्ता

sarusaru
२० असार २०७६, शुक्रबार ०२:३७

म्याग्दी – पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलबार बेलुका साढे चार बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा ३ भकिम्लीका ११ वर्षिय प्रदिप रोका र बागलुङ घर भै हाल बेनपा ३ दुधेखोलामा मामाको घरमा वस्दै आएका डेविड काउचा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार, बेपत्ता बालकको खोजी कार्य भैरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा ३ का वडा सदस्य गेमवहादुर घर्तीले बताए ।
जनमञ्च