११ बैशाख २०८१, मंगलवार
Follow Us

बहुचर्चित चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा ११ दिनसम्म परेन एउटै आवेदन

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार ०३:०२

चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एकजनाको पनि उम्मेदवारी परेको छैन । आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो ।

स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो । सिफारिस समितिले ऐनमा भएको व्यवस्थाअनुसार ६१ वर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसँग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ ।नयाँ पत्रिकामा खबर छ ।