८ बैशाख २०८१, शनिबार
Follow Us

आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार १६:५६

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु

भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ ।

१. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः

उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् ।

२. आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्नुहोस्ः

आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ ।

३.तपाईंको पासवर्डः

विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।

४. आफ्नो तलबको बारेमा छलफल नगर्नुहोस्ः

विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

५. महिलाहरु आफ्नो महिनावारीको कुरा भन्न रुचाउँछन्ः

आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ ।

६.बितेको कुरालाई बित्न दिनुहोस्ः

आफ्नो पूर्व प्रेमिसँगको सम्बन्ध तितो भएता पनि अहिलेको प्रेमी त्यस्तो नभएका कारण नै तपाईंहरु सँगै हुनुहुन्छ । भावमा बहेर आफ्नो पूर्व प्रमिसँगको सबै नराम्रा कुराहरु भन्न थाल्नुभयो भने तपाईंले पछि गएर पछुताउनुपर्ने हुन्छ । त्यसकारण बितेका कुरालाई बित्न दिएर पहिलाको गल्ती नदोहोराई आफ्नो प्रेमिसँग खुसीसाथ बस्नुहोस् ।