१३ बैशाख २०८१, बिहीबार
Follow Us

निजी विद्यालयको प्रवेश परीक्षा, विद्यार्थीमा त्रास शुल्कमा मनोमानी

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०२:३३

काठमाडौं । माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा (इन्ट्रान्स)को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ ।
सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइएको छ । निजी विद्यालयहरूले कलेजको नाममा विभिन्न संकायमा प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्म भर्ना शुल्क लिने गरेको पाइएको छ । विद्यालय शिक्षालाई कलेज भन्न मिल्दैन । सामुदायिक विद्यालयहरूले पनि विभिन्न शीर्षकमा शुल्क लिने गरेका छन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ।