१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतको बजेट : तोडियो ब्रिफकेसको परम्परा

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०२:४४

नरेन्द्र मोदी नेतृत्वको सरकारको दोस्रो कार्यकालको पहिलो बजेट शुक्रबार सार्वजनिक भएको छ । सो बजेटमा केही लोकप्रिय कार्यक्रम समावेश गरिएका छन् भने मध्यम र उच्चवर्ग भारतीय बजेटबाट यति उत्साहित बन्न सकेनन् । भारतीय संसद्मा बजेट पेस हुने दिन शुक्रबार एउटा अलग दृश्य देखियो । सधैं भारतीय अर्थमन्त्रीले बजेट पेस गरेको भन्दा फरक दृश्य यसपटक देखियो । अर्थमन्त्रीले आमरूपमा ब्रिफकेसमा वित्त मन्त्रालयबाट बजेट लिएर संसद् भवन पुग्थे । यसपटक भने त्यस्तो दृश्य देखिएन ।
वित्तमन्त्री निर्मला सीतारमण रातो कपडाले बेरेर बजेट लिएर संसद् भवन पुगिन् । मन्त्री सीतारमणले शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दसँग कुराकानी गरिन्, त्यसपछि भारतीय मन्त्रिपरिषद्ले बजेट पास ग¥यो र सीतारमण बिहान ११ बजे लोकसभा पुगेर बजेट पढ्न सुरु गरिन् । यो क्रम करिब २ घन्टा १० मिनेट जारी रह्यो ।
यो बजेटको अर्को रमाइलो पक्ष भनेको वित्तमन्त्री सीतारमणले कुन शीर्षकमा कति खर्च गर्ने भनेर बजेटमा उल्लेख गरेकी छैनन् । राजधानी दैनिकमा खबर छ ।