१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोना यूकेको दसौं बाषिकोत्सव कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७३, सोमबार ०९:०१

 

 
 

म्याग्दी प्रवासी नेपाली संघ, मोना यूकेको दसौं बार्षिकोत्सव भब्य रुपमा मनाइएको छ । उत्सवको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोपका संयोजक कुल आचार्यले उद्घाटन गर्नुभएको थियो । बार्षिकोत्सव तथा फ्रि वाईफाई अभियान सहयोगार्थ रात्री भोज कार्यक्रममा प्रम्ुख अतिथि आचार्यले मोना यूके नमुना तथा प्रभावकारी संस्था रहेको बताउनुभयो । ’मोना यूकेका धेरै कार्यक्रममा सहभागि भएको छु । यूकेमा सक्रिय रहेको नेपाली संस्थामा तपाईहरू आबद्ध हुनुहुन्छ’ आचार्यलाई उद्धित गदैं मोना यूकेका उपाध्यक्ष खिम शेरचनले भने ।
14877164_564746783716342_893268442_n
मोना यूके स्थापनाको एकदशकके उपलक्ष्यमा आयोजित कार्यक्रमका विशिष्ट अतिथि म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन क्षेत्री, जेष्ठ सगरमाथा आरोही मिन बहादुर शेरचन, पुर्व माननीय नर बहादुर पुन, संस्थापक अध्यक्ष एवम् संरक्षक दलमान पुन, पुर्व अध्यक्ष रेशम शेरचन, संरक्षक एवम् पुर्व अध्यक्ष योगकुमार फगामी, मेजर राम बहादुर पुन, मेजर राम बहादुर पुन, मोना नेदरल्याण्डका अध्यक्ष जंग बहदुर पुन, मोना पोर्चुगलकी शिव तिलिजा, मोना जर्मनका शान्ती श्रेष्ठ तारा थापा, पुन मगर समाज यूकेका अध्यक्ष विल बहादुर पुर्जा, पर्वत जिल्ला अध्यक्ष नरजङ गुरूङ, बेसिङ्स्टोक नेपाली समाजका अध्यक्ष तिल विक्रम साम्फहाक्फे लगाएत यूकेमा रहेका विभिन्न नेपाली समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
14907202_564545290403158_4977948147799335261_n-1
कार्यक्रममा दसौं बार्षिकउत्सवको अवसरमा प्रमुख अतिथि आचार्य, मोना आइसीका अध्यक्ष क्षेत्री, पुर्व अध्यक्ष दल मान पुन, शेरचन र योगकुमार फगामी र मिन शेरचनले दिप प्रज्जोलन गरी केक काटेर उद्घाटन गरेका थिए । सोही अवसरमा खिवाङ समाज यूके तथा पुख्यौली समुहका संयोजक विल पुर्जा, टिका पुन र जंग बहादु्र पुनले सामुहिक नात प्रर्दशन गरेका थिए ।
14914904_10154188437711859_2123282670_n
उत्सवको अवसरमा हाल बेनी नगरपालिका रहेका साविकका गाविस सहित जिल्लाका ४१ वटै गाविसमा मोना यूके मार्फत १० बर्षसम्म भएका विभिन्न सहयोगका बारेमा सम्बन्धित गाविसबाट प्रतिनिधित्व गरेकाले कार्यक्रममा जानकारी गराएका थिए ।

म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा एकैपटक तीनवटा एम्बुलेन्स सहयोग गरेका प्रवासमा रहेका म्याग्देलीका सहयोग तथा म्याग्देली सम्बन्धित संघसंस्थामा विदेशमा रहेका म्याग्दीबासीलाई आवद्ध भ्रमिका समेत खेलेको मोना यूकेले जिल्लाभर भएका सहयोगहरूको विवरण समेत संकलन गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो । उत्सवको अवसरमा संस्थाका संस्थापक, पुर्व अध्यक्ष, सहयोगदातालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा पु्र्व अध्यक्ष एवम् फ्रि वाईफाई अभियानका संयोजक योग कुमार फगामीले फ्रि वाईफाई अभियानका बारेमा समेत जानकारी गराएका थिए । निकै उत्साहजनक सहभागिता रहेको कार्यक्रमको अध्यक्षता कमल बहादुर पुर्जा, स्वागत प्रथम उपाध्यक्ष दल जुग्जाली र सञ्चालन महासचिव कुमार फगामी र लालु पुनले गरेका थिए । सोही अवसरमा फ्रि वाईफाईका लागि समेत सहयोग जुटेको थियो ।