८ बैशाख २०८१, शनिबार
Follow Us

भारतमा केटी नजिस्क्याइयोस् भन्न यस्तो निर्णय

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०८:१६

विद्यालयमा छात्रालाई जिस्काउने कार्य रोक्नको लागि पश्चिम बंगालको एउटा सरकारी विद्यालयले अनौठो निर्देशन जारी गरेको छ ।
विद्यालयले छात्र र छात्रालाई अलग अलग दिन पढाउन निर्देशन दिएको छ ।
पश्चिम बंगालको मालदाको हबीबपुर क्षेत्रको गिरिजा सुन्दरी विद्या मन्दिर नामको विद्यालयले यस्तो निर्देशन दिएको हो ।
यस निर्णय प्रति प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ । उसले यस कदमलाई ‘अनौठो’ भन्दै यसलाई तत्काल फिर्ता लिन भनेको छ ।
विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ पाण्डेले छात्रालाई जिस्काएको घटना सार्वजनिक भएपछि यो कदम उठाउन बाध्य भएको बताएका छन् ।
निर्देशनको व्याख्या गर्दै पाण्डेले भने ,‘ अहिले विद्यालयमा अध्ययनरत केटीलाई सोमबार, बुधबार र शुक्रबार पढाइने फैसला गरिएको छ । त्यस्तै केटाका लागि भने मंगबार, बिहिबार र शनिबार कक्षा हुनेछ ।’
विद्यालयको यस फैसलाले राज्य सरकारका शिक्षा मन्त्रालयको पनि ध्यान तानेको छ । पश्चिम बंगालका शिक्षा मन्त्री पार्थ चटर्जीले यस घटनाको जाँच गर्न आदेश दिएका छन् ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम