१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय बैठक शुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०८:४७

लण्डन – म्यान्मारको याङगुनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला शुरु भएको छ । शनिवार देखि म्यानमारको याङगुनमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी रहेका छन् ।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत राजदूत भिम उदास विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागी छन् । यस्तै बैठकमा एनआरएनए संस्थापाक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष भवन भट्ट, संसद डा. सूर्य पाठक, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार डा. हेमराज शर्मा लगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहेका छन् ।

विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने बताएको छ ।