६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत (को कोले जिते भिडियो)

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार २३:४९

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको शनिबार सम्पन्न आगामी कार्यकालको निर्वाचनमा काङ्ग्रेस पक्षधर उम्मेदवारहरूले विजय हासिल गरेका छन् ।

प्रजातन्त्रवादी समूह भनेर परिचित काङ्ग्रेस पक्षधरको नेतृत्व केशव कँडेलले गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी दिनेश पोखरेललाई पराजित गरेका हुन् । ३ हजार ७ सय ५७ मत ल्याएका पोखरेललाई कँडेलले ४ हजार १ सय ४८ मत प्राप्त गर्दे विजयी भए । अध्यक्ष पदमा ४ सय ६१ मत दुवै उम्मेदवारको विपक्ष ‘नो भोट’मा परेको छ ।

यसैगरी महासचिव पदमा कँडेल समुहकै डा. ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । उनले ४ हजार १ सय ५८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सन्तोष दाहालले २५ सय २२ भोट ल्याएका थिए ।

सचिवमा उषाकिरण बारिया पोखरेल विजयी भएकी छन् । उनले ३४ सय १३ भोट प्राप्त गरिन् भने उनको निकट प्रतिस्पर्धी परेश घिमिरेले ३२ सय १८ भोट पाएका छन् । कोषाध्यक्षमा अनिल पोखरेल विजयी भएका छन् । उनले प्रतिस्पर्धी कपिल पाण्डेको २६ सय ५ भोटका विरुद्ध ३८ सय ४१ भोट ल्याएका थिए । सहकोषाध्यक्षमा लक्ष्मण गोपाली विजयी भएका छन् । उनको भोट २६ सय १८ छ भने निकटतम प्रतिस्पर्धी सीताराम घिमिरेको ३५ सय ९१ भोट रहेको छ । विजयी हुने उनीहरु पनि प्रजातन्त्रवादी समूहकै उम्मेदवार हुन् ।

त्यस्तै आईसीसी सदस्यमा ७ जना विजयी भएका छन् । जसमा राजु अधिकारी, छवि सापकोटा, दिपक शर्मा, अरुणकुमार ठाकुर, नारायणप्रसाद काफ्ले, अशोक केसी, सन्तोष कुँवर विजयी छन् ।

युवा संयोजकमा ईर्साद एहमद विजयी भएका छन् । युवा उपसंयोजकमा द्वारिका दवाडी विजयी भएका छन् ।

महिला संयोजकमा यसअघि नै सन्ध्या शाह निर्विरोध भएकी थिइन् भने उपसंयोजकमा सब्बु महर्जन पनि निर्विरोध भइन् ।

करिव १ लाख नेपाली बसोवास गर्ने अष्ट्रेलियामा एनआरएनएमा ११ हजार ६ सय १७ सदस्य छन् । निर्वाचनमा २० पदका लागी ४३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ८ हजार २ सय ९५ सदस्यले मतदान गरेका थिए । संसारको ८० वटा मुलुकहरूमा आफ्नो संस्था विस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अष्ट्रेलिया सबैभन्दा धेरै सदस्यहरू भएको ठुलो एनसीसी हो ।

अहिलेकाे निर्वाचनमा नोट भोट अर्थात् उम्मेदवारमध्ये कसैलाई पनि भोट नदिने अप्सनसमेत दिइएको थियो । ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारप्रति आफ्नो विश्वास देखाएनन् र नो भो भोटमा मतदान गरेका छन् ।

मतदान प्रकृयामा सहभागी भएर यति ठूलो संख्यामा उठेका उम्मेदवारप्रति असन्तोष दर्साउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

चुनावी समीकरण निर्माण गर्दा आफूले मन पराएका उम्मेदवार प्रतिस्पर्धामा जान बञ्चित भएपछि एउटा ठूलो पंक्तिले नो भोट अप्सन छनौट गरिएको अनुमान गरिएको छ ।