१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसमा गुटगत चहलपहल

नेपालब्रिटेन डट कम्
२२ असार २०७६, आईतवार ०३:०५

काठमाडौं – केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन्।

यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए। केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो।

सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षीय पदाधिकारीसहित नेताको बैठक बसेको थियो। बैठकमा बोलाइए पनि नेता पौडेल उपस्थित भएनन्। cGgk”0f{ kf]:6 b}lgsdf va/ 5 .