१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एसईईमा उत्तरपुस्तिका साटेको शंका

नेपालब्रिटेन डट कम्
२२ असार २०७६, आईतवार ०३:१४

काठमाडौं – गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ।

जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए। स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन्।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी उजुरी परेको थियो। प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखिएपछि असार १२ गते राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति गठन गरेको छ। उत्तरपुस्तिका साट्न शिक्षाकै कर्मचारी संलग्न रहेको आशंका बोर्डको छ। अन्नपूर्ण पाेस्टमा खबर छ ।