१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिरिन्ज आक्रमणमा संलग्न बनेपाबाट पक्राउ

नेपालब्रिटेन डट कम्
२३ असार २०७६, सोमबार ०८:५०

काठमाडौं– सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ ।
बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो एक युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । यद्यपि प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन ।
काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् ।