१५ चैत्र २०८०, बिहीबार
Follow Us

दिनमा १९ पटक सेक्सको बारेमा सोच्छन् पुरुष

नेपालब्रिटेन डट कम्
२३ असार २०७६, सोमबार १६:२४

न्यूयोर्कको ओहियो स्टेट युनिभर्सिटीले गरेको एक नयाँ अध्ययनका अनुसार पुरुषले प्रत्येक दिन औसतमा १९ पटक सेक्सको बारेमा सोच्ने गर्दछन् ।
उक्त अनुसन्धानमा संलग्न व्यक्तिहरुले अनुसन्धानको क्रममा मानिसहरुलाई एउटा क्लिकर दिए र त्यसमा आफ्नो अनुभवको आधारमा तीन बटन– सेक्स, खाना र निन्द्रा– मध्ये कुनै एकलाई दबाउन आग्रह गरे । अनुसन्धानमा संलग्न व्यक्तिहरुलाई दिइएको तीन विषयमध्ये जसको बारेमा मनमा पटक–पटक बिचार उत्पन्न हुन्छ, त्यससँग सम्बन्धित बटनलाई दबाउन भनिएको थियो ।
उक्त अनुसन्धानबाट एक पुरुषले दिनमा १९ पटक सेक्सको बारेमा सोच्ने तथ्य पत्ता लागेको छ । युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता टेरी फिसर भन्छन्, ‘अनुसन्धानमा पुरुषले दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् भन्ने कुरा पत्ता लागेपनि उक्त बिचार कति समयसम्मको हुने र कस्ता खालका बिचारहरु पैदा हुने भन्ने कुरा थाहा पाउन सकिएको छैन । ’
‘द अटलान्टिक’ मा प्रकाशित भएको रिपोर्ट अनुसार, चाहे जो सुकै होस्, कसैको बिचारलाई थाहा पाउन निकै कठिन हुने गर्दछ ।