१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सचिवसँग जंगिए मातृका, अरुलाई दोष लगाएर उम्किने प्रयास

नेपालब्रिटेन डट कम्
२३ असार २०७६, सोमबार १९:३४

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ । मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे । उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए ।