१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिबद्धता सहित पत्रकार गाउँले एनआरएन युकेको चुनावी मैदानमा, महासचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२४ असार २०७६, मंगलवार १४:१७

लण्डन । बेलायती नेपाली समाजमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचनले निकै चर्चा परिचर्चा पाइरहेको छ भने उमेद्वारी घोषणा गर्ने र सदस्यता बनाउने क्रम पनि तीव्र रुपमा बढ्दै गइरहेको छ । एनआरएनए यूकेको आगामी निर्वाचनमा महासचिब पदमा नारायण गाउँलेले उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका छन् । वर्तमान सचिबको रूपमा उनको कार्यकाल अझै दुई महिनाभन्दा बढ़ी बाँकी रहेको र निर्वाचन कमिटी पनि नबनिसकेकाले तामझाम र घोषणासभा गरेर उम्मेदवारी दिनु जरूरी नठानेको उनले बताए ।

सचिबपछि महासचिबको खुट्किलो स्वाभाविक हो भन्ने ठानेको छु । उक्त पदका निम्ति म सर्वश्रेष्ठ, सबैभन्दा योग्य या सबैभन्दा अनुभवी हुँ भन्ने मेरो दाबी छैन । मभन्दा धेरै असल, विज्ञ, सक्षम, योग्य र अनुभवीहरू मैदान र मैदानबाहिर हुनुहुन्छ । तर उक्त पदमा उहाँहरूको सबै विज्ञता खर्च गर्नु नपर्ने र मेरो योग्यताले पनि आवश्यक काम चल्ने भएकाले म उम्मेदवार बन्ने निर्णयमा पुगेको हुँ गाउँले भन्छन् ।

यस्ता छन् उनका प्रतिबद्धताहरु:

१- म गोर्खाको समस्या समाधान गर्छु, नेपालमा ठूलो लगानी लैजान्छु या एनआरएनएलाई समूल रूपान्तरण गरेर नयाँ संस्था बनाउँछु भन्ने भाषण गर्नेछैन । मैले यी विषयमा यथासम्भव संस्थागत पहल र ऐक्यबद्धताको भने प्रण गर्दछु ।
२-वडाध्यक्षदेखि प्रदेश सांसद्सम्म जो सुकै आए पनि अन्तर्क्रियाका नाममा गोष्ठी राखिहाल्ने र नागरिकताको माग गर्दै भाषण गरिहाल्ने काम हुने छैन । सम्बन्धित र आधिकारिक च्यानलमार्फ़त् मात्रै प्रमुख मुद्दाहरूको लबिङ्ग होस् भन्ने मेरो धारणा छ ।

३-संस्थामा तीन जना सचिबहरूको व्यवस्था छ । म विनियमावली नै बनाएर हरेक सचिबलाई कार्यक्रमदेखि बैठक सञ्चालनसम्मका क्रियाकलापमा यथोचित सहभागिताको व्यवस्था गर्नेछु ।

४-अन्य देशले सदस्यता वितरणदेखि निर्वाचनसम्म अनलाइनमार्फ़त् सहज रूपमैं सम्पन्न गरेका छन् । हामीले गत कार्यकालमैं साठी प्रतिशतभन्दा बढ़ी सदस्य अनलाइनमार्फ़त् बनाएका थियौं र अर्को कार्यकालमा पूर्ण रूपमा अनलाइन गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर अहिले त्यसभन्दा पछि फर्केर कागजका फार्महरू वितरण गर्ने अवस्थामा छौं । सदस्यता नवीकरण गर्नसमेत सबै कागजपत्र पुनः माग्ने काम रोकिनुपर्छ । म यसका निम्ति क्षमा माग्दछु र महासचिबका रूपमा मैले यसलाई बदल्न सक्छु भन्ने सङ्कल्प व्यक्त गर्दछु ।

५-सदस्य बन्नेबित्तिकै तपाईंका दुःखका दिन गए, भाग्यको मूल फुट्यो, लटरम्म फूल फुले भन्ने होइन, तर नेपाल र नेपालीका निम्ति विश्वव्यापी नेपाली सञ्जालसँग जोड़िएकोमा गौरव लाग्ने गरी एनआरएनए युकेका गतिविधिहरू सञ्चालन गर्ने प्रयत्न हुनेछ । समाजसेवा एक्लै पनि गर्न सकिन्छ तर सामूहिक र साङ्गठनिक रूपमा गर्दा त्यसको आकारमात्रै होइन प्रभाव पनि ठूलो हुन्छ भन्ने विश्वास जगाउनु मेरो दायित्व हुनेछ ।

६-च्यारिटी कार्यक्रमहरू फेशनजस्तो बन्दै गई रहेका छन् । वर्षमा एउटामात्रै तर सार्थक र सबल च्यारिटी कार्यक्रम गर्ने कोसिस गर्नेछु ।

७-निर्वाचित भएर आउने अध्यक्ष र सिङ्गो कार्यसमितिको भावना, मर्म र योजनासँग समाहित भएर सामूहिक लक्ष्यप्राप्तिका निम्ति लागिपर्नेछु ।

८-बेलायतमा दर्जनौं नेपाली संघसंस्थाहरू छन् । कतिपय संस्थाले इमानदारीपूर्वक भन्नुपर्दा हामीले भन्दा बढ़ी काम गरिरहेका छन् । समुदायको सर्वाङ्गीण हित र कल्याणका निम्ति तिनको ठूलो योगदान छ । तीसँग सहकार्य, छलफल र अन्तर्क्रियाका निम्ति खास पहल हुन सकेको छैन । काउन्सिल मिटिंगको नाममा कार्यकालको एकदिन कार्यक्रम गरेर ती सबैलाई बोलाउने तर आफैले भाषण गरेर दिन बिताउने गरेका छौं । बाँकी आधा दिन खादा र मालामा बित्ने गरेको छ । म यस्तो अन्तर्क्रिया र छलफल एक दिनमात्र नभएर नियमित रूपमा चलिरहोस् र त्यस्ता बैठकमा एनआरएनएका पदाधिकारीले होइन, अन्य संस्थाले समय र आसन पाउन् भन्नेमा सक्दो पहल गर्नेछु ।

९-हाम्रा कार्यक्रमहरू विषयवस्तुभन्दा स्वागतसम्मान र खादामालामा बढ़ी अल्झिने गरेका छन् । गरिएका अन्तर्क्रिया र छलफलहरू पनि संस्थागत मेमोरीमा रहने गरेका छैनन् । हामीले गर्ने कार्यक्रमको ओभरहेड खर्च ज्यादै धेरै हुने गरेको छ । म संस्थाका कार्यक्रमहरूलाई कम खर्चिलो, सरल र परिणाममुखी बनाउने र त्यसको व्यवस्थित अभिलेखीकरण गर्ने प्रयास गर्नेछु ।

१०-हामीसँग नेपाल हाउस बनाउने योजना मुल्तबीमा छ । अलिकति च्यारिटी रकम पनि उठेको छ । गत कार्यकालमा उठेको त्यो रकम छुट्टै खाता बनाएर राखिएको छ । म सकेसम्म नेपाल हाउस प्रोजेक्टको कार्यान्वयनका निम्ति मबाट हुनसक्ने साङ्गठनिक पहल गर्नेछु । यदि आगामी कार्यकालमा पनि त्यो बन्ने या शिलान्यास हुनसक्ने अवस्था नआए जहाँबाट त्यो रकम उठाइएको थियो उहाँहरूलाई क्षमायाचनासहित फिर्ता गर्न पहल गर्नेछु । जे प्रयोजनका निम्ति सहयोग सङ्कलन गरिन्छ, त्यो निश्चित समयमा सोही उद्देश्यमा खर्च गर्नुपर्छ या फिर्ता गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । सबै दाताहरूलाई जोडेर एउटा अन्तर्क्रिया कार्यक्रम राखिनेछ ।

११-एनसिसी र आइसिसीका मुद्दाहरू, योजनाहरू र अभियान मेरो पनि अभियान हुनेछ । मेरा अग्रजहरूले निर्माण गरेको सकारात्मक बाटो र योजनाहरू मेरा मार्गनिर्देशक हुनेछन् । विशेषत: प्रवासमा नेपाली भाषासाहित्य र संस्कृतिको संरक्षण नै मूल चुनौती रहेकाले त्यस क्षेत्रमा एनआरएनएलाई थप जिम्मेदार र संलग्न बनाउन मेरो पहल हुनेछ । मेरै कार्यकालमा ‘बहुभाषिक नेपाली साहित्य-संस्कृति गोष्ठी’ गर्ने र बेलायतमा छरिएर रहेका विभिन्न साहित्यिक र सांस्कृतिक संस्थालाई एउटा मञ्चमा ल्याएर उप्लब्धिमूलक काम गर्ने प्रयास हुनेछ । नेपाली बहुल क्षेत्रका विद्यालयमा नेपाली भाषाको पठनपाठनदेखि अत्यावश्यक सरकारी सूचनाहरू नेपाली भाषामा समेत प्रदान गर्ने कार्यलाई अझ सघन बनाउन जरूरी छ । यो क्षेत्रमा ठूलो योगदान दिनुभएका सबैलाई धन्यवाद छ ।

१२-म एनआरएनए अभियानमा सामेल हुन र यसलाई आफ्नो आदर्श अनुसार चल्ने बनाउन सबैमा आग्रह गर्दछु । मैले मात्रै गर्ने होइन, हामी सबैले गर्ने हो । म हली बन्न तयार भएको मात्रै हो । उब्जनीमाथिको हक हाम्रो समूहिक भएकाले दायित्व पनि सामूहिक नै हो । खासगरी यो संस्था र बेलायतकै स्थानीय समाज र संघसंस्थाबीच अन्तर्सम्बन्ध विकासका निम्ति सबैको सामूहिक सहयोग आवश्यक हुन्छ ।
एनआरएनए युकेको आगामी निर्वाचनमा महासचिब पदमा उम्मेद्वारी दिने इच्छा व्यक्त गर्दछु । वर्तमान सचिबको रूपमा मेरो कार्यकाल अझै दुई महिनाभन्दा बढ़ी बाँकी रहेको र निर्वाचन कमिटी पनि नबनिसकेकाले तामझाम र घोषणासभा गरेर उम्मेदवारी दिनु जरूरी नठानेर बोलेको थिइनँ ।
सचिबपछि महासचिबको खुट्किलो स्वाभाविक हो भन्ने ठानेको छु । उक्त पदका निम्ति म सर्वश्रेष्ठ, सबैभन्दा योग्य या सबैभन्दा अनुभवी हुँ भन्ने मेरो दाबी छैन । मभन्दा धेरै असल, विज्ञ, सक्षम, योग्य र अनुभवीहरू मैदान र मैदानबाहिर हुनुहुन्छ । तर उक्त पदमा उहाँहरूको सबै विज्ञता खर्च गर्नु नपर्ने र मेरो योग्यताले पनि आवश्यक काम चल्ने भएकाले म उम्मेदवार बन्ने निर्णयमा पुगेको हुँ ।

निम्न व्यावहारिक प्रतिबद्धता व्यक्त गर्दछु :