१३ बैशाख २०८१, बिहीबार
Follow Us

भगौडा सैनिकलाई कारबाही गर्ने बाटो खुल्यो

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार ०३:१५

काठमाडौँ – सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भागेका सैनिकहरूलाई कारबाही गर्न सक्ने कानुनी बाटो खोलिदिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले सैनिक अदालतको फैसलालाई सदर गरी नेपाली सेनालाई द्वन्द्वकालका भगौडा सैनिकमाथि कारबाही गर्ने कानुनी बाटो खोलिदिएको हो ।

द्वन्द्वकालमा भागेका पूर्व सैनिकद्वय झलकुमार भगत र सिंहबहादुर शाहीले सैनिक अदालतले आफूहरूविरुद्ध गरेको फैसलाविरुद्ध सर्वोच्चमा दायर गरेको रिटलाई संयुक्त इजलासले खारेज गरिदिएको छ । सर्वोच्चको आदेशले आगामी दिनमा समेत नेपाली सेनालाई भगौडा सैनिकमाथि कारबाही गर्न सक्ने बाटो खोलेको हो । कान्तिपुरमा खबर छ ।