११ बैशाख २०८१, मंगलवार
Follow Us

मध्यरातमा एक नाबालिकालाई जलाइरहदाँ प्रहरीले लियो नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार ०७:३३

जनकपुर । धनुषाको सबैलामा एक नाबालिकालाई मध्यरातमा एक नाबालिकालाई जलाइरहेको अवस्थामा आधा दर्जन भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवैला नगरपालिका वडा नम्बर।१ मा गत राति झुन्डिएर पिंकीको मृत्यु भन्दै परिवारजनले प्रहरीलाई जानकारी नगराई मध्यरातमा जलाउने क्रममा ७ जनालाई प्रहरीले पक्राउ गरी प्रारम्भिक अनुसन्धान गरिरहेको जानकारी ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक चन्द्रमोहन यादवले दिए ।
मृत्यु हुनेमा स्थानिय सत्रुधन यादबको १४ बर्षिय छोरी पिंकी कुमारी यादब घरमै झुण्डिएको अवस्थामा परिवारजनले देखेपछि छिमेकीहरुको सहयोगमा सोमबारको मध्यरातमै घर भन्दा २ किलोमिटर टाढा सडक छेउमै शव जलाइरहदाँ प्रहरीले देखेपछि त्यहाँ उपस्थित भएका सबैलाई नियन्त्रणमा लिई सोधपुछ कार्य भइरहेको जनाइएको छ ।
मृतक नाबालिका पिंकीको शव जलाउने क्रममा प्रहरीको गाडी आइरहेको देख्दा सबै भागाभाग भएको थियो ।
प्रहरीले तुरुन्तै जलिरहेको शवलाई नियन्त्रणमा लिएको थियो भने बुवा सत्रुधन यादवलाई समेत नियन्त्रणमा लिएको थियो । शवको पोष्टपार्टमका लागि जनकपुर अंचल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनामा पिंकिको हत्या वा आत्महत्या बारे अनुसन्धान भईरहेको भन्दै प्रहरी निरिक्षक चन्द्रमोहन यादवले भने–मध्यरातमा नाबालिकाको शव किन जलाइयो र प्रहरीलाई किन जानकारी गराइएन भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भईरहको छ । हामीले त्यहाँ उपस्थित रहेको र भाग्न खोज्नेहरु मध्ये ७ जनालाई पक्राउ गरेको जानकारी दिए ।