१२ बैशाख २०८१, बुधबार
Follow Us

तरकारीमा विषादी परीक्षण गर्नु: सर्वोच्च

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार १३:३५

काठमाडौं– सरकारले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

मन्त्रिपरिषदको असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अब दुबै पक्षलाई बोलाएर छलफल गरी टुंगो नलागेसम्म निर्णय कार्यान्वयन हुने छैन्।

सरकारले शुरु विषादी परिक्षण गर्ने निर्णय गरेपनि उक्त निर्णयबाट पछि हटेको थियो।