१३ बैशाख २०८१, बिहीबार
Follow Us

नाराबाजीकाबीच प्रतिनिधि सभामा ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार १३:४१

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सांसदहरुको नाराबाजीकाबीच प्रतिनिधि सभामा ४ विधेयकबारे सन्देश संसद्मा प्रस्तुत भएको छ ।
बुधबारको बैठक सुरु भएलगत्तै आफूले बोल्न पाउने पर्ने माग गर्दै काँग्रेस र राजपा सांसद उठेर विरोध जनाएका थिए । तर सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि उनीहरु नाराबाजीमा उत्रिए ।
उनीहरुको नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए ।
सचिव योग आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २३औं संशोधन विधेयक फिर्ता पठाएको सन्देश प्रस्तुत गरे । यो सँगै बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
पछिल्लो समय प्रतिपक्षले संसद अवरुद्ध गर्दै आएको छ । साथै राजपाले पनि काँग्रेसलाई साथ दिएको छ ।
उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलक ‘इन्काउन्टर’को छानबिनका विषयमा पनि मंगलबार संसद् अवरुद्ध गरेको थियो । काँग्रेस र राजपाले उक्त घटनाको छानबिनका लागि छुट्टै संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।