१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गयो

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार १३:४३

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्र विक्रम चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले बुधबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान संजीव राई र जवाफी फायरका क्रममा सो समूहका ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राईको मृत्यु भएको जानकारी दिनु भएको हो । गस्तीमा गएका प्रहरीमाथि सो समूहले गोली चलाएको र छातीमा गोली लागेका प्रहरी जवान संजीवको मृत्यु भएको उहाँको भनाई थियो । घटनामा परी घाईते भएका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।