६ बैशाख २०८१, बिहीबार
Follow Us

हत्या गरेको अभियोगमा छुट्टाछुट्टै घटनासँग सम्बन्धित ५ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार १३:४५

काठमाडौं । पर्सा, आफ्नै ४० वर्षीया आमा शोभा देवी यादवको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अभियोगमा बीरगंज महानगरपालिका९२४ रानीघाट बस्ने २० वर्षीय गुड्डु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रानीघाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गुड्डुलाई पक्राउ गरेको हो ।
कैलाली, चुरे गाउँपालिका९६ मद्धा बस्ने गुल्मीका ४५ वर्षीय कमल कुँवरको चिरपट प्रहार गरेर आइतबार हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय लालबहादुर लामा र उनकी श्रीमती २६ वर्षीया कल्पना लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त एरियामा लेवर काम गर्दै आएका कमलको हत्या गरी उनीहरुको घरदेखि करिब ५० मिटर दक्षिणमा रहेको खोलामा लगेर गाडेको भन्ने ईलाका प्रहरी कार्यालय फल्टुडेमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले लाल बहादुर र कल्पनालाई पक्राउ गरेको हो ।
अछाम, मंगलसेन नगरपालिका९१ कुन्ती बण्डाली ढुङगानी गाउँ बस्ने ५५ वर्षीय वीरमान थापा र ७२ वर्षीय देवसिंह साउद समेत २ जनालाई दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय पिरमकुमार साउदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ससुरा नाता पर्ने वीरमान र ठूलोबुबा देवसिंहको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिरम कुमारलाई पक्राउ गरेको हो ।
जाजरकोट, भेरी नगरपालिका १३ सुनार टोल बस्ने ४५ वर्षीय मोहन सुनारलाई ढुङगाले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय मान बहादुर सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण मोहनलाई ढुङगाले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुदु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।