१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतलाई निराश बनाउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार १६:२२

भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो ।

जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

६ विकेटको क्षतिमा ९२ रनको खराब स्थितिबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् ।

जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए । उनले १ चौका र एक छक्का हिर्काए ।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए ।

भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।