१२ बैशाख २०८१, बुधबार
Follow Us

लिभरपुलमा दसैं तिहार कार्यक्रम (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०७:२६

लन्डन । लिभरपुल नेपाली समाजले दशैं तिहारको अवसरमा शुभकामना तथा सांस्कृति कार्यक्रमको आयोजना ग-यो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागको स्नाकोत्तर तहमा विशिष्ट श्रेणीमा उत्कृष्ट अंक प्राप्त गरी नेपाल विद्याभूषण पदकले विभूषित गैरआवासीय नेपाली संघका पूर्वप्रबक्ता डा. हेमराज शर्मालाई सम्मान गरिएको थियो ।

नेपाल र बेलायती राष्ट्रिय गीतबाट आरम्भ भएको उक्त कार्यक्रममा कुमार घर्तीले स्वागत मन्तव्य दिएका थिए ।

त्यसपछि वसन्त नै बस्न खोज्छ बोलको गीतमा ज्ञानु घिमिरेको नृत्यबाट कार्यक्रम अघि बढेको थियो । सरिता गुरुङ र सपना राईले संस्थाको परिचय गराएपछि पुनः प्रतीक्षा शर्माको नृत्यबाट दर्शकले मनोरञ्जन लिएका थिए । त्यसपछि उज्जव भण्डारीले गीत प्रस्तुत गरेका थिए । त्यसैगरी बाँसुरीको धुनमा धन गुरुङ, प्रवीन घिमिरे र सुरेश इन्जमको सांगीतिक प्रस्तुति दिएका थिए ।

कविता गुरुङ, सलिना गुरुङ, चित्रा गुरुङ र सरिता गुरुङको नृत्यपछि यो वर्ष विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरुको परिचय गराइएको थियो । पब्लिक हेल्थमा डिग्री गर्ने सारादा मानन्धर र अंकना केसी, पावर र इनर्जी सिस्टममा एमएस्सी गर्ने प्रणय गुरुङ तथा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गर्ने सागर लिम्बुलाई समाजको तर्फबाट सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी दिया खड्का, प्रतीक्षा शर्मा, सालिना गुरुङ, सिर्या इन्जाम, प्रणय गुरुङ, उज्जवल भण्डारी, प्रवीन गुरुङ, चित्रा गुरुङ र धन गुरुङलाई पुरस्कृत गरिएको थियो । पदम सिम्खडाले सहभागीलाई धन्यवाद दिएका थिए ।
14877929_10154187285639037_1620588108_n

14875151_10154187285654037_1454660380_n

14886168_10154187285689037_1042561541_n
14914773_10154202118389037_1110879029_n

14914851_10154202118379037_1358385836_n

14938042_10154202118359037_1506637173_n

14938054_10154202118439037_443136780_n

14958549_10154202118364037_137703666_n

14958550_10154202118384037_961851725_n

14958627_10154202118459037_1790846438_n

14958757_10154202118454037_243584218_n

14961376_10154202118399037_1376599295_n

14962247_10154202118394037_905195666_n

14962902_10154202118449037_1106653705_n

14962959_10154202118369037_1054630017_n