७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेका प्रमुख संरक्षक घलेलाई साक्षी राख्दै मिडल्याण्डले बुझायो ७ सय सदस्य

नेपालब्रिटेन डट कम्
२६ असार २०७६, बिहीबार १४:४७

लण्डन । गैरआवासीय नेपाली संघ युकेको आगामी निर्वाचनमा भाग लिन मिडल्याण्डवासीले आफ्नो सदस्यता दर्ता गराएका छन् । मिडल्याण्डस्थित नेपाली समुदायका अगुवाहरुको नेतृत्वमा बिहिवार अल्डरशटस्थित संघको निर्वाचन कार्यालयमा पुगेको टोलीले ६ सय ९१ जनाको सदस्यता दर्ता गराएको हो ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले सबै सदस्यहरुको मताधिकारको ग्यारेन्टी गरिने वताए । उनले निर्वाचन समिति गठन नभएको बिषयमा धेरै चिन्ता नगर्न आग्रह गर्दै कार्यसमिति, सल्लाहकार, संरक्षक परिषदको सरसल्लाह बमोजिम अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको बताउँदै संस्थाको हितको लागि आफुले सकृय भएर काम गर्ने वताए । उनले गैरआवासीय नेपाली अभियानमा मिडल्याण्डवासीले पु-याएको सहयोगको लागि धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक डमर घलेले मिडल्याण्डवासीले समयमै सदस्यता दर्ता गरेर राम्रो सन्देश दिएको वताए । उनले मिडल्याण्डवासीको सन्देश युकेभरीको नेपाली समुदायमा पुग्नु पर्नेमा जोड दिए ।

सो अवसरमा मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व दयानिधि सापकोटा (लेस्टर) पशुपति पोखरेल (लेस्टर), कोशलेश्वर (कृष्ण) ढकाल (बर्मिंगहम) , बिष्णु चालिसे, सशांक (कृष्ण) शर्मा पौडेल (बर्मिंगहम), कृष्ण खरेल (नटिंगहम), महेश अधिकारी, केशव भण्डारी, नारायण फुयाल, मधु पौडेल, मालती पौडेल, श्याम ढकाल, पवन शर्मा, राजु कंडेल,राम पन्थि, कमल ढकाल लगायतको उपस्थिती थियो ।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्षत्रय पुनम गुरुगं, शेर सुनार, प्रेम गाहामगर समेतको उपस्थिती थियो । गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्वर १४ तारिख हुने निर्वाचनको लागि सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई सम्म तोकिएको छ ।