६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती युवराज चार्ल्स रोयल गोर्खा ब्रिगेडमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२६ असार २०७६, बिहीबार १९:५५

लण्डन । बेलायती युवराज चार्ल्सले रोयल गोर्खा ब्रिगेडको स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा सहभागी भएका छन् । उनले बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई विभिन्न पदक वितरण गरेका थिए ।

बेलायती सेनाको रोयल गोर्खा राइफल्स स्थापनाको २५ औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा युवरांसंगै वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी समेत सहभागी थिए ।
केन्टस्थित रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा मंगलबार आयोजित समारोहमा रोयल गोर्खा राइफल्सका मानार्थ प्रमुख समेत रहेका युवराज चार्ल्सले बटालियनका सदस्यहरुलाई विभिन्न पदक समेत वितरण गरे । पदकबाट विभुषित हुनेहरु हालै अफगानिस्तानको ६ महिने मिसनमा सेवा गरेर फर्किएका गोर्खाहरु थिए ।

पदक वितरणको कार्यक्रमपछि युवराज चार्ल्सले समारोहमा उपस्थित गोर्खा, भूपू गोर्खा र तीनका परिवारलाई पनि भेटेका थिए । भेटका क्रममा युवराज चार्ल्ससंग कुराकानीको अवसर पाउने गोर्खाहरुले जीवनकै अविस्मरणीय क्षण भन्दै ठूलो हौसला र प्रेरणा मिलेको बताएका छन् ।