लण्डन । लिभरपूल नेपाली समाजले गत आइतबार एक भव्य च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको विकट जिल्ला कालीकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पतालका लागि रकम संकलन गर्न समाजले च्यारिटी कार्यक्रमको आयोजना गरेको हो ।
लिभरपूल निवासी युवा व्यवसायी माधव प्रसाद आचार्य र पार्वती सुवेदीको संयोजनमा भएको कार्यक्रमबाट अस्पतालको लागि लगभग २१०० पाउण्ड अर्थात करीब तीन लाख नेपाली रुपैया संकलन भएको छ ।
च्याटिी कार्यक्रममा स्थानीय कलाकारको नृत्य प्रस्तुती रहेको थियो भने चर्चित गायक उज्वल भण्डारीले गायकी मार्फ़त प्राप्त हुने सबै पारिश्रमिक रासकोट अस्पतालर्ई प्रदान गरे ।
लिभरपूल नेपाली समाजका अध्यक्ष डा शम्भु आचार्य लगायत सम्पूर्ण समाजका सदस्यहरुले उक्त कार्यक्रम सम्पन्न गर्न आआफ्नो ठाउँबाट महत्वपूर्ण योगदान गरे भने कार्यक्रममा म्यानचेस्टर, वेल्स, लण्डन र लेस्टर लगायत बिभिन्न ठाउँबाट नेपाली समूदायको सहभागिता रहेको थियो ।