June 3, 2020
11:32 PM | 4:17 AM

नवजात शिशु अस्पतालबाटै हरायो

  13th July 2019 मा प्रकाशित

रुपन्देही–लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।
तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।
सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् ।
उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ । अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।
छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया