७ बैशाख २०८१, शुक्रबार
Follow Us

नक्कली चालक खडा गर्ने चार प्रहरीविरुद्ध मुद्दा

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०३:०२

काठमाडौं – मानिसको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी (गैंडाकोट) का प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जिसीसहित अपराध अनुसन्धान शाखाका सई दामोदर भट्टराई, असई देवबहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोस्ट गैंडाकोटका इन्चार्ज हवल्दार बलबहादुर वली, नक्कली चालक किसुन महतो, सवारी चालक बोधराज पाण्डे र मतियार सालिकराम पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो । गत जेठमा बोधराजले चलाएको बा२०च ११७९ नम्बरको जिपले विपरीत दिशाबाट आएको ना२८प ४६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दकली शर्माको मृत्यु भएको थियो । घटनापछि प्रहरीले आर्थिक प्रलोभनमा परेर कारचालक बोधराजलाई उन्मुक्ति दिन नक्कली चालकका रूपमा किसुनलाई खडा गरेको अनुसन्धानबाट खुलेको छ । नागरिक दैनिकमा खबर छ ।