१२ बैशाख २०८१, बुधबार
Follow Us

अस्पतालको ‘शैया’मा ब्रह्मलुट : २५ हजार रुपैयाँसम्म असुली

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०३:०८

काठमाडौं । सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् । ती अस्पतालहरूले बेड शुल्कबापत २ सय रुपैयाँँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।

मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको देखिँदैन । संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ ।

सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालले सामान्य बेडमा दैनिक २५०, आईसीयूमा १ हजार ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म लिँदै आएको छ । यस्तै, शिक्षण अस्पतालमा सिंगल र डबल क्याबिनका लागि ७५० रुपैयाँ निर्धारण गरिएको छ ।

मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालले आईसीयूमा दैनिक ३ हजार रुपैयाँ लिने गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरले जनरल बेडका लागि २५० रुपैयाँ र आईसीयूमा ३ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै, सिभिल अस्पतालले सामान्य बेडका लागि २ सय रुपैयाँ लिने गरेको छ । आईसीयू चार्जस्वरूप २ हजार रुपैयाँ र क्याबिनका लागि (सिंगल) ८ सय र (डबल) २ हजार रुपैयाँ लिने गरेको छ ।

चाबहिलस्थित ओम अस्पतालले सामान्य बेडका लागि १ हजार रुपैयाँ तोकेको छ । आईसीयूमा भर्ना भएका बिरामीले ८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, २ हजारदेखि १० हजार रुपैयाँसम्म क्याबिन शुल्क तोकिएको छ । राजधानीमा विस्तृतमा खबर छ ।
अस्पताल शैया दस्तुर

वीर अस्पताल ३,००० सम्म

त्रिवि शिक्षण अस्पताल २५० देखि १५००

राष्ट्रिय ट्रमा सेन्टर २५० देखि ३०००

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र २०० देखि ५०००

ओम अस्पताल १००० देखि १००००

ह्याम्स अस्पताल २५०० देखि २५०००

सिभिल अस्पताल २०० देखि २०००

मेडिकेयर अस्पताल ९५० देखि ८०००

मेडिसिटी अस्पताल ३२५० देखि २१५००

कीर्तिपुर अस्पताल ८६० देखि ४०००

ग्र्यान्डी अस्पताल ३६०० देखि १४००